Sunday, April 20, 2014

मन्दिरहरुको भूमी भुवनेश्वरीबाट हामीले के सिक्यौँ ?


–सौरभकिरण श्रेष्ठ

विश्वको कुन चाहिँ क्षेत्र होला जहाँ सामाजिक समस्या नहोला ? विभिन्न क्षेत्र, देश र महादेशमा बसोबास गर्ने मानिसहरुले के कसरी आफ्ना समस्याहरु समाधान गरिरहेका छन् ? नेपालमा जे समस्या देखा परेका छन्, त्यो भन्दा भिन्न के कस्ता समस्याहरु अन्त छन् होला ? यी नै प्रश्नहरुको उत्तर खोज्दै समाजिक कार्य (वि.एस.डब्लु, तेस्रो वर्ष) अध्ययनरत विद्यार्थीहरु भारतको विकासान्मूक सहर उडिसा राज्य पुगे ।



 २०१४ फरवरी ११ देखि २१ गते सम्म भएको उक्त भ्रमण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सामाजिक संस्थाहरु न्यू लाइफ, पिपल्स फोरम, मिसन आसरा र एस.ओ.एस बालग्राम अवलोकन गरे ।
‘आज छोरीका लागि स्कुटर किन्न जाऔँ ।’ पत्नीले भनिन् । ‘हुन्छ ।’ भन्दै म पत्नीसँगै भुवनेश्वर आए । ‘यहाँ सम्म आइपुगियो, नजिकै एकजना साथीको घर छ । एक पल्ट भेट्न जाऔँ न ।’ पत्नीले आग्रह गरिन् । मैले ‘नाइँ’ भन्न सकिनँ । म उनको पछिपछि लागेर यहाँ आइपुगेँ । न्यूलाइफ सेन्टरमा बसेर उपचार गराइरहेका एकजना पुरुषले आफनो जीवनकथा बताए । उनी लागुपदार्थ दुव्र्यसनी थिए । उनको पत्नी तथा घरपरिवार उनको दुव्र्यसनीबाट हैरान भएका रहेछन् । उनलाई लागुपदार्थ दुव्यसनबाट मुक्त गर्नका लागि न्यूलाइफ सेन्टरमा भर्ना गर्न उनका पत्नीले बहाना गरेका रहेछन् ।

त्यस्तै, उपचार गराइरहेका एकजनाले बताए, ‘मलाई लाग्थ्यो, जताततै समस्या नै समस्या छन् त्यसैले म दुव्र्यसनी भएँ तर, केन्द्रमा आए पछि मैले बुझेँ कि म दुव्र्यसनी भएकै कारणले नै त्यहाँ समस्या भएको रहेछ । दृष्टिकोणमा परिवर्तन आएपछि नै जीवनमा परिवर्तन आउँदो रहेछ । वास्तवमा भन्ने हो भने, यस केन्द्रले हामीले हामी आफैँलाई माया गर्न सिकाइरहेको छ ।’

यसरी जब हामी उपचार केन्द्रमा पुग्दा हामीले के अनुभव ग¥यौ भने, यस किसिमका केन्द्रले समस्यामा परेको मानिसहरुको जीवनमा सुधार गर्न सक्छन् । यसका अलाव, शात्विक इन्सटिच्यूट अफ प्रोफेसनल स्टडिस्का एमएसडब्लुका विद्यार्थीहरुले आयोजना गरेको सेमिनारमा पनि सक्रिय सहभागिता जनाए । उक्त सेमिनारमा बालअधिकार, बृद्धाबृद्धाका समस्या, दुव्र्यसनीसम्बन्धी कार्यपत्रहरु प्रस्तत गरिएको थियो ।
 
सेमिनारबाट पनि हामीले के जानकारी लियौँ भने, नेपालमा जस्तै भुवनेश्वरमा पनि बालअधिकार र बृद्धवृद्धाका अधिकारका लागि धेरै प्रयासहरु भइरहेका रहेछन् । बाल्यअवस्था र बृद्धावस्था भनेको समस्या होइनन्, यो त मानवविकास क्रमका अनिवार्य चरणहरु हुन् । जुन सबैले भोग्नै पर्छ पार गर्नै पर्छ । मान्छे लामो आयु बाँच्न चाहन्छ तर बुढो हुन चाहँदैन, कस्तो विडम्बना ! सबैले आफ्ना छोराछोरीहरुलाई चीरायु होस् भनेर आशिस दिन्छन् तर कोही पनि बृद्धावस्थामा पुगेको कल्पना पनि गर्न रुचाउँदैन । लामो आयु पनि बाँच्ने अनि बुढो पनि नहुने, के यो पनि सम्भव छ ? यी केही विचारउत्तेजक तर शाश्वत प्रश्नहरु हुन् जुन कार्यपत्रले हामीलाई झकझक्यायो । बालबालिका र बृद्धबृद्धाहरु प्रति हाम्रो दृष्ट्रकोण सही हुनुपर्छ भन्ने सन्देश हामीले ग्रहण ग¥यौँ ।


काठमाडौँ जस्तै उडिसाको भुवनेश्वरी पनि मन्दिरै मन्दिरको सहर रहेछ । उडिसा पुगेपछि, चारधाम मध्येको एक धाम जगत्नाथ पुरी, कोनार्क मन्दिर, इश्कन मन्दिर, खण्डगिरी मन्दिर, उदयगिर मन्दिर, राजारानी बगैचा, साइबाबाको मन्दिरहरु छुटाउनै नहुने मन्दिरहरु रहेछन् । आननकानन चिडियाखाना, क्षेत्रिय म्युजिय भ्रमण, आदिवासी म्युजिय र प्लानिटोरियमको अवलोकनले यस भ्रमणलाई अझै रोचक बनायो । त्यसमध्ये पनि भुपरिवेस्थित मुलुकमा जन्मे हुर्केका हामीले पुरी तटमा समुन्द्रको छाल केही बेर खेल्दा पाउँदा छुट्टै आनन्दको अनुभव गर्ने मौका पायौँ । 𧆧


समग्रमा, उक्त भ्रमणबाट हामीले के बुझ्यौँ भने, मानिसहरु चाहे जुनसुकै स्थान र देशमा बसोबास गरोस्, उनीहरुको चाहना र अधिकार समान हुन्छन् । उनीहरु सबै माया, प्रेम र सहयोगको अपेक्षा गर्छन् । कोही पनि समस्यामा बाँच्न चाहँदैदन् । एउटा सुखी र सम्पन्न जीवन बाँच्न चाहन्छन् । र, समस्यामा परेका व्यक्तिहरुको जीवन सम्पन्न बनाउने क्रममा समाजिक कार्यकर्ताको भुमिका अहम् हुन्छ ।

No comments:

Post a Comment